• २०८१ बैशाख ७ शुक्रबार

उज्वेकिस्तानलाई हराउँदै तेस्रो भयो नेपाल

kharibot

काठमाडौं । नेपाल काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीनै सेट जितेर काभा महिला भलिबल प्रतियोगितामा तेस्रो भएको हो । नेपालले दोस्रो सेट २५–१६ ले, तेस्रो सेट २५–१५ ले र  चौथो सेट २५–१३ ले जित हासिल गरेको थियो ।

काभा महिला भलिबलमा आज नै उपाधिका लागि भारत र काजकस्तानबीच खेल हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै