सुनवलस्थित सोमनाथ खोलाको डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
खरीबोट
२०८० जेठ ११ बिहीबार
नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका- १ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।
बुटवल नारायनगण सडक विस्तारको क्रममा बनाइएको डाइभर्सन वर्षाका कारण बगेपछि सडक अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा दुईतर्फी रुपमा सवारी आवागमन ठप्प भएको छ । सयौं सवारी साधन अलपत्र परेका छन् ।
वर्षाको कारण डाइभर्सन मर्मतमा समस्या भएको भएको छ । सोमनाथ खोलामा पानीको बहाब नघटेकाले मर्मतमा समस्या भएको र पानी को बहाब घटेपछि मात्र मर्मतको काम हुने बताइएको छ ।
बाटो मर्मतको प्रयास भईरहेको र उक्त राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवलचोक - परासी - भुमहीचोक हुदै आवत जावतको ब्यवस्था मिलाईएको प्रहरीले जनाएको छ ।