• २०८१ बैशाख १३ बिहीबार

आइपिएलमा इन्जिनियरको करिश्मा !

kharibot

काठमाडौँ । 'मलाई आफैप्रति गर्व छ' आईपीएलको पहिलो सिजनको सातौं खेल खेलिरहेका कति खेलाडीले यो कुरा सारा विश्वले सुनिरहेको बेला अवश्य भने होलान् । आकाश मधवाल सायद यसो भन्ने पहिलो खेलाडी हुन् ।

आईपीएलको कुनै पनि नकआउट खेलमा उनले जुन अचम्मको काम गरे, त्यो पनि उनीभन्दा पहिले अरू कुनै खेलाडीसँग भएको थिएन । आकाश मधवाल अनक्याप्ड खेलाडी हुन् । उनीअघि कुनै पनि अन्तर्राष्ट्रिय खेलाडीले नकआउटमा यस्तो अद्भूत बलिङ गरेका थिएनन् ।

आइपिएलको प्लेअफ अन्तर्गत इलिमिनेटर खेलमा लखनउ सुपर जाइन्टविरुद्ध ३.३ ओभरमा केवल ५ रन दिएर ५ विकेट लिएका २९ बर्षिय इन्जिनियर आकाश अहिले विश्वभर चर्चामा रहेका छन् । आइपिएलको प्लेअफमा कुनै पनि खेलाडीले ५ विकेट लिएको यो पहिलो पटक थियो । तर यसमा अचम्मको कुरा के छ भने यस्तो करिश्मा गर्ने कुनै चर्चित नाम भने थिएन ।  

उनको शानदार प्रदर्शनकै मद्धतले मुम्बई इण्डियन्सले लखनउलाई पराजित गर्यो र दोस्रो क्वालिफायरमा पुग्यो ।

इलिमिनेटर खेलमा दुवै टोली आमनेसामने हुँदा मुम्बईले पहिलो खेलमा १८२ रन बनाएको थियो, तब पनि सबै क्रिकेट विज्ञहरूले उक्त खेललाई ‘क्लोज फाइट’ भएको दाबी गरिरहेका थिए । उनको दिमागमा मुम्बईविरुद्ध लखनउको राम्रो रेकर्ड मात्र थिएन, तर बलिङ 'मुम्बईको कमजोर लिङ्क' हो भन्ने धारणालाई पनि ध्यानमा राख्दै थिए ।

तर अघिल्लो जित्नेपर्ने खेलमा सनराइजर्स हैदरावादका चार ब्याट्सम्यानलाई रन बनाएका २९ वर्षीय बलरलाई भने क्रिकेट विज्ञहरुले बिर्सेका थिए । जब उनले बुधबार आफ्नो चौथो ओभरमा योर्करको साथ मोहसिन खानको स्टम्प उडाए क्रिकेट विश्लेषक एवं कमेन्टेटर हर्ष भोगलेले ट्विट गर्दै भने- नाम सम्झनुहोस् ! आकाश माधवाल ।

खेलको म्यान अफ द म्याच चुनिएपछि हर्ष भोगलेसँगको कुराकानीमा आकाश मधवालले आफूप्रति गर्व लागेको बताए ।

तर, यो भनिरहँदा आकाश माधवालको अनुहार वा हावभावमा कुनै घमण्ड थिएन । उनको आँखामा चमक थियो । अनुहारमा हाँसो र खुसी टपकिरहेको थियो तर त्यसमा संकोचको तह पनि थियो ।

जितपछि कप्तान रोहित शर्माले हात मिलाउँदा पनि उनको लजालुपन र आत्मनिर्भर शैली देखिन्थ्यो । त्यतिबेला सफलताको आकाशमा मुम्बईको नाम लेख्ने माधवालले कप्तानसँग आँखा चिम्लिएनन् । टाउको निहुराएर रोहित शर्माको काखमा परे र रोहितले माधवालको टाउकोमा थप्पड दिएर बधाई दिए ।

प्रशंसाको अवसरमा संयम बन्ने यो बलर मैदानमा अर्कै स्वरमा देखिन्छन् र यसै आधारमा बुधबार चेन्नईमा भएको खेलमा मुम्बईले जित निकालेको छ ।

म्याच पछि प्रश्न थियो- तिमी (अहिलेसम्म) कहाँ लुकेका थियौ ? मधवालले जवाफ दिए, 'कतै थिइन । अभ्यास गर्दै थिए । यही मौकाको पर्खाइमा थिएँ ।' उनले थपे, 'पहिले इन्जिनियरिङ गरे । त्यसपछि क्रिकेटलाई प्यासन बनाए र कडा मिहिनेत गरे । त्यसपछि हामी यहाँसम्म आइपुगेको छु ।' ‘इन्जिनियरमा छिट्टै सिक्ने बानी हुन्छ’ भन्न पनि आकाशले बिर्सेनन् ।

सन् १९९३ मा उत्तराखण्डको रुर्कीमा जन्मेका आकाश मधवालले आईपीएलका सात खेल मात्र खेलेर क्रिकेटका दिग्गजहरूलाई आफ्नो फ्यान बनाएका छन् । धेरै पूर्व खेलाडी र क्रिकेट समीक्षकको नजरमा मात्र परेका छैनन्, उनी म्याच विनर समेत बनेका छन् ।

माधवालले २३ वर्षको उमेरपछि क्रिकेट बल समातेका थिए । आकाशको प्रतिभालाई सबैभन्दा पहिला वासिम जाफर र मनिष झाले देखेका थिए  ।

आकाशलाई पहिल ओप्त्क २०१९ मा ट्रायलको क्रममा भेटेका जाफर प्रभावित भएर नेट बलरको रुपमा अवसर दिएका थिए ।

तर आईपीएल मार्फत क्रिकेट जगतमा आफ्नो नाम बनाउनका लागि उनले निकै मिहिनेत र लामो समय कुर्नुपरेको थियो । उनले भारतका पूर्व फास्ट बलर जहीर खानसँगको संघर्षको कथा सेयर गरेका छन् । आकाश मधवालले भने- 'म तीन वर्षदेखि पर्खिरहेको थिएँ । म आरसीबीमा नेट बलर थिएँ । त्यसपछि मुम्बई इन्डियन्समा सपोर्ट बलर थिए ।'
उनले भने, ‘जब मैले मुम्बई इन्डियन्समा मौका पाएँ, तब मेरो मनले आईपीएल खेल्न सक्छु भनेर भनिरहेको थियो ।'

गत वर्ष सूर्यकुमार यादव घाइते हुँदा उनको स्थानमा आकाश मधवाल टोलीमा परेका थिए ।

तर, मैदान प्रवेशको पर्खाइ जारी थियो । यस वर्ष पनि टोलीका पहिलो आठ खेलमा उनी आफ्नो पालो पर्खिरहेका थिए । उनीभन्दा अगाडि अर्जुन तेन्दुलकर र अन्य बलरलाई परीक्षण गरिएको थियो ।

उनले पञ्जाबविरुद्धको पहिलो दुई खेलमा कुनै विकेट लिन सकेनन् । त्यसपछिका दुई खेलमा पनि एक विकेट मात्रै पाए । तर त्यसपछिका उनका प्रदर्शन सम्झिन लायक छन् । उनले सात खेलमा १३ विकेट लिएका छन् । त्यो पनि १२.८ को उत्कृष्ट औसतको साथ । उनले एक खेलमा पाँच र एक खेलमा चार विकेट लिएका छन् । योर्करलाई उनको शक्ति मानिन्छ । उनलाई डेथ ओभरका उत्कृष्ट बलरको सूचीमा राखिएको छ ।

आकाश मधवालले पछिल्लो सफलताको श्रेय मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई दिएका छन् ।  रोहितले जोफ्रा आर्चर गएपछि आफुसँग आकाश मधवाल भएको र उसँग त्यो गुण र त्यो चरित्र भएको विश्वास रहेको प्रतिक्रिया दिएका छन् ।

यहाँसम्मकी अहिले आकासको तुलना भारतीय बलर जसप्रित बुमराहसँग गर्न लागिएको छ ।बुमराह चोटका कारण आईपीएलमा सहभागी छैनन् तर अहिले उनको कमीलाई मुम्बई इण्डियन्सका लागि आकाशले पुरा गरेका छन् ।  तर माधवाल उनको तुलना बुमराहसँग गरून् भन्ने चाहँदैनन् । उनीहरु आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छन् । 

मुम्बई इन्डियन्सबाट खेल्ने श्रीलंकाका पूर्व फास्ट बलर लसिथ मालिंगाले पनि आकाश माधवालको तारिफ गरेका छन् । उनको तारिफ गर्नेमा भारतीय लिजेण्ड बलर अनिल कुम्बले, विरेन्द्र सहवागदेखि सुरेश रैना, हरभजन सिंहसमेत रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै