• २०८१ बैशाख ८ शनिबार

३६ केजी चाँदीसहित विराटनगरबाट ३ जना पक्राउ

kharibot

विराटनगर । मोरङको विराटनगरबाट ३६.८ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ ।

३६ केजी चाँदीका विभिन्न गहनासहित विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र  २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुको साथबाट आठ ग्राम सुन पनि बरामद गरिएको प्रहरीको भनाइ छ । विराटनगर क्षेत्रमा भएका सुनचाँदीका गरगहनाका चोरी घटनाको अनुसन्धानका क्रममा उनीहरु सुनचाँदीसहित पक्राउ परेका हुन् । बरामद सुनचाँदीको मूल्य करिब ६१ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै