• २०८१ बैशाख ७ शुक्रबार

रवि लामिछानेको चेतावनी- घण्टीले बजाउन पनि जानेको छ

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले  आफ्नो राहदानीको विषयमा फेरी सर्वोच्च अदालतमा मुद्धा दायर भएको विषयमा प्रतिक्रिया दिएका छन् ।

सामाजिक संजालमा पोष्ट गर्दै नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेकोमा आक्रोश व्यक्त गर्दै घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी दिएका हुन् ।

उनले भनेका छन्- 

मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ । 

१) सर्वोच्च अदालतको  मिती २०७९/१०/१३ को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ ।  

२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिए । 

४) घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै