• २०८१ बैशाख ७ शुक्रबार

रोड्रीगोको निर्णायक गोलमा रियल म्याड्रिड विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रायो भल्लेकानोलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

रियलको जितमा करिम बेन्जमा र रोड्रीगोले गोल गरेका थिए ।  त्यस्तै रायो भल्लेकानोका लागि राउल डी टोमसले एक गोल गरेका थिए । 

यो जितपछि रियल म्याड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको छ ।  रियल म्याड्रिडको ३६ खेलमा ७४ अंक रहेको छ ।  यस सिजनको लिगको उपाधि भने बार्सिलोनाले जितिसकेको छ ।

त्यस्तै रायो भल्लेकानोको भने २६ खेलमा ४६ अंक छ र लिगमा ११औ स्थानमा रहेको छ । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै