• २०८१ बैशाख ५ बुधबार

 थ्री स्टारमाथि पुलिसको जित 

kharibot

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराएको हो । 

पुलिसको जितमा अहमद हिजाजीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै पुलिस २० खेलमा २५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

थ्री स्टार २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै