• २०८१ बैशाख ८ शनिबार

आइपिएलमा कसले कति पाउछन् पुरस्कार रकम ?

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अब अन्तिम चरणमा पुगेको छ । आइपिएलको प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ । जसमा गुजरात टाइटन्स शिर्ष स्थानमा रहदै प्लेअफमा पुगेको छ भने चेन्नई सुपर किंग्स दोस्रो, लखनउ सुपर जाइन्ट तेस्रो र मुम्बई इण्डियन्स चौथो स्थानमा रहेर प्लेअफमा पुगेका छन् । 

प्लेअफका खेलहरु मे २३ बाट सुरु हुनेछन् । पहिलो क्वालिफायर खेल गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ । यसपछि मे २४ मा लखनउ सुपर जायन्ट्स र मुम्बई इण्डियन्सबीच एलिमिनेटर खेल खेल्नेछ ।

अब आईपीएलको फाइनल खेल नजिकिँदै जाँदा आइपिएलको विजेता टोलीको पुरस्कार राशि जान्न फ्यानहरुको चासो बढेको छ । 

यस सिजनको आईपीएल विजेता टोलीले २० करोड भारु नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेता टोलीले १३ करोड भारु दिइनेछ । त्यसैगरी तेस्रो र चौथो हुने टोलीले पनि ७–७ करोड रुपैयाँ पाउनेछन् ।

त्यस्तै आईपीएल २०२३ मा ओरेन्ज क्याप अर्थात सबैभन्दा बढी रन बनाउने खेलाडी र पर्पल क्याप जित्ने अर्थात् सबैभन्दा बढी विकेट लिने खेलाडीले १५-१५ लाख पाउनेछन् ।

त्यस्तै यस सिजनमा उदीयमान खेलाडी बन्ने खेलाडीलाई २० लाख भारु दिइनेछ भने सुपर स्ट्राइकरले पनि १५ लाख पाउनेछन् ।

आईपीएल २०२३ मा सबैभन्दा मूल्यवान खेलाडी बन्ने खेलाडीलाई पनि १२ लाख रुपैयाँ पुरस्कार दिइनेछ । साथै पावर प्लेयर, गेम चेन्जर र धेरै छक्का प्रहार गर्ने खेलाडीले १२-१२ लाख भारु पुरस्कार पाउने छन् । आइपिएलमा हरेक खेलमा म्यान अफ द म्याच खेलाडीले एक लाख पुरस्कार दिइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै