• २०८१ बैशाख ८ शनिबार

ओलावालेको गोलमा मछिन्द्र विजयी

kharibot

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत साविक विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिमलाई पराजित गरेको छ ।

आइतबार च्यासल मैदानमा सम्पन्न भएको खेलमा मछिन्द्र क्लबले न्यूरोड टिमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रको जितमा खेलको १३औं मिनेटमा ‌ओलावाले अफिजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

यो जितसँगै मछिन्द्रको २० खेलमा ३४ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । 

त्यसैगरी न्यूरोड टिमको २० खेलमा २३ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै