• २०८१ बैशाख १२ बुधबार

नीति कार्यक्रम बेकारको पुलिन्दा, पारित गर्न दिदैनौं- ओली

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा भएको टिप्पणी गरेका छन् ।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने बताएका हुन् ।

उनले सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै त्यसलाई संसदबाट पारित गर्न दिन नहुने पार्टीको अडान रहेको स्पष्ट पारे ।

उनले भने- ‘यो एउटा बेकारको पुलिन्दा हो । जसले देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन । कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन । यसले कुनै डेस्टिनेसन (गन्तव्य) नै तोकेन । कुनै बाटो नै देखाएन । जसले गर्दा त्यहाँ पुगिने भन्ने कुरै रहेन । कहाँ पुग्ने भन्ने कुरै छैन यसमा । यस वर्षको नीति, कार्यक्रमले यस वर्ष यहाँ पुग्छु भन्नु पर्‍यो नि ! यस वर्ष यति गर्छौ भन्नुपर्‍यो नि ! त्यसकारण यो त के हो भने डेमोक्रेसी के हो भनेर क्याम्पसमा विद्यार्थीलाई पढाएजस्तो भयो ।'

उनले यसले नीतिगत रुपमा कुनै मार्ग निर्देश गर्दैन भन्दै यो स्वीकार योग्य र समर्थन योग्य नरहेको बताए ।

उनले भने- 'यो बिरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्तावेज पेस हुनु दुःखको कुरा हो । यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको बिरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिसन त्यही हो ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै