• २०८१ बैशाख १२ बुधबार

उत्तर कोरियाको पहिलो जासुसी उपग्रहको निरीक्षण गर्दै किम

kharibot

काठमाडौँ । उत्तर कोरियाका तानाशाह किम जोङ उनले देशको पहिलो जासुसी उपग्रहको निरीक्षण गरेका छन् ।

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले यससँग सम्बन्धित केही तस्विरहरू सार्वजनिक गरेको छ । तस्बिरहरूमा किम जोङ र उनकी छोरी उपग्रहको वरिपरि देखिन्छन् । तर,

तस्बिरमा स्याटेलाइट फोकस गरिएको छैन, स्थान पनि उल्लेख गरिएको छैन ।

यो उपग्रह बहुभुज सिलिन्डर जस्तो देखिन्छ । यो सुनौलो इन्सुलेटेडले ढाकिएको छ । सोलार प्यानल पनि जडान गरिएको छ । एक महिनाअघि १९ अप्रिलमा उत्तर कोरियाको अन्तरिक्ष एजेन्सी नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा) मा उपस्थित किमका केही यस्ता तस्विरहरू सार्वजनिक भएका थिए । त्यसमा पनि एउटा स्क्रिनमा स्याटेलाइटलाई धमिलो देखाइएको थियो । त्यसपछि किमले नयाँ जासूस उपग्रह तयार रहेको बताउदै लन्चको तयारी गर्न निर्देशन पनि दिएका थिए ।

किमले अमेरिका-दक्षिण कोरियाको सैन्य कारबाहीमा नजर राख्न यो उपग्रह लन्च गर्ने तयारी गरेका हुन् ।

यस स्याटेलाइट मार्फत उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको सैन्य कारबाहीको निगरानी गर्नेछ । उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले यसको पुष्टि गरेको हो । एजेन्सीले उत्तर कोरियाको सैन्य क्षमता बढाउन र अमेरिका र दक्षिण कोरियाबाट आउने खतरासँग लड्न जासुसी उपग्रह आवश्यक भएको बताएको छ ।

अन्तरिक्ष एजेन्सीको भ्रमण गरेका किम जोङले भनेका थिए– 'हामीले आफ्नो सैन्य शक्ति बढाउनु स्वभाविक हो । अमेरिकाले यस क्षेत्रमा आफ्नो पकड बलियो बनाउन लगातार प्रयास गरिरहेको छ । उसले दक्षिण कोरियालाई युद्धको लागि आफ्नो आधारको रूपमा प्रयोग गर्न चाहन्छ । यो जासुसी उपग्रहले देशको गुप्तचर क्षमता बढाउन मद्दत गर्नेछ ।'

यसअघि गत वर्ष डिसेम्बर १८ मा उत्तर कोरियाले आफ्नो जासुसी उपग्रहको अन्तिम चरणको परीक्षण गरेको थियो । त्यसपछि अप्रिलमा सुरु गर्ने घोषणा गरियो । तर, अहिलेसम्म प्रक्षेपणको मिति भने खुलाइएको छैन ।

उत्तर कोरियाले ठोस इन्धन अन्तरमहादेशीय मिसाइल बनाएको छ । अप्रिल १४ मा उत्तर कोरियाले आफ्नो पहिलो ठोस इन्धन अन्तरमहाद्वीपीय मिसाइलको सफल परीक्षण गरेको थियो । उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली मिसाइललाई ह्वासोङ–१८ नाम दिएको छ । परीक्षणका क्रममा यसले १ हजार किलोमिटरसम्म उडेको थियो । मिसाइलमा तरल इन्धनको सट्टा ठोस इन्धन प्रयोग गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै