• २०८१ बैशाख ७ शुक्रबार

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

kharibot

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०-१० रुपैयाँले घटाएको छ । 

भारतीय आयल कर्पोरेसन (आईओसी) ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो । तर, भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ । 

निगमले तोकेको नयाँ मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ । डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १५५ रुपैयाँ र मट्टीतेल पनि १५५ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

यसअघि निगमले गत चैत्र २० गते मुल्य समायोजन गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै