• २०८१ बैशाख ७ शुक्रबार

नेपाल र युएईको फाइनल युट्युब ट्रेन्डिङमा नम्बर एकमा

kharibot

काठमाडौँ । एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेर एशिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब नेपाल एशिया कपमा समुह ए मा भारत र पाकिस्तानसँग रहेको छ । एशियाकप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुदै छ ।

यसैबीच सोमबार र मंगलबार दुई दिन भएको फाइनल खेलको डिजिटल प्रशारण पनि निकै लोकप्रिय भएको छ ।

नेपाल र युएईबीचको मंगलबारको फाइनल खेलको डिजिटल प्रशारण युट्युबमा ओएसआर स्पोर्ट्स च्यानलमा गरिएको थियो । दोस्रो दिनको फाइनल खेलको भिडियो अहिले नेपालमा युट्युबको ट्रेन्डिङमा नम्बर एकमा रहेको छ । रिलिजदेखि नै प्रकाश सपुतको सकम्बरी शिर्ष स्थानमा रहेकोआमा मंगलबारको फाइनल खेलको भिडियो अहिले शिर्ष स्थानमा उक्लिएको छ । यसलाई अहिलेसम्म १५ लाख पटक हेरिएको छ ।

त्यस्तै सोमबारको फाइनल खेलको भिडियो पनि तेस्रो स्थानमा रहेको छ । यस भिडियोलाई २० लाखले हेरेका छन् ।

दुवै दिनको फाइनल खेलमा १५ हजारभन्दा बढी दर्शक मैदानमा पुगेर हेरेपनि यी खेलको प्रत्यक्ष प्रशारणमा पनि दर्शकको आकर्षण उत्तिकै देखिएको छ । टियु क्रिकेट मैदानमा पानी परिरहेको बेला छाता ओढेर दर्शक मैदानमै बसेको दृश्य अहिले संसार भर भाइरल नै भएको छ । दर्शकको मैदानमा प्रत्यक्ष उपस्थिति र प्रत्यक्ष प्रशारणमा देखिएको दर्शकको मायाले आगामी दिनमा नेपाली क्रिकेट अझ लोकप्रिय र राम्रो हुने संकेत देखिएको छ ।

एसीसी प्रिमियर कपको डिजिटल भ्युअरसिप: 

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै