• २०८१ बैशाख ८ शनिबार

युएईलाई हराउदै नेपाल एशिया कपमा छनौट

kharibot

काठमाडौँ । नेपाल एशिया कपमा छनौट भएको छ । आज टियु क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेर एशिया कपमा छनौट भएको हो ।

युएईले दिएको ११८ रनको सामान्य लक्ष्यलाई नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ६७ रन बनाए भने भिम सार्कीले ३६ रन बनाएका थिए ।

त्यसअघि नेपालले लगातार तीन विकेट गुमाउदा नेपाल दबाबमा आएको बेला गुलशन झा र भीम सार्कीले शानदार अविजित ९६ रनको साझेदारी गरेका थिए । २२ रन बनाएर २ विकेट गुमाएको अवस्थाबाट गुलशन र भिमले धैर्यतापूर्ण ब्याटिंग गर्दै नेपाललाई जित दिलाएका थिए ।  

 त्यसअघि नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए भने कुशल भुर्तेल १ र आसिफ शेख ८ रन बनाएर आउट भएका थिए ।

त्यस्तै युएईका बलर रोहन मुस्तफाले दुई विकेट लिए भने आयान अफजल खानले एक विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ३३.१ ओभरमा ११७ रन बनाएर अल आउट भएको थियो । 

सोमबार बर्षाले खेल रोकिएपछि आज शुरु भएको खेलमा युएईले केवल ११ रन जोडेर आफ्नो अन्तिम विकेट गुमाएको थियो ।

युएईका ब्याट्सम्यान जुनैद सिद्दिकीले १०, आसिफ खान ४६, जाहूर खान ०, आयान खान ५, बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १,  आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

नेपालका लागि ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका छन् । ललितले ७.१ ओभरमा २ मेडनसहित १४ रन दिटर ४ विकेट लिए ।

त्यस्तै करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका थिए ।

एशिया कपको समीकरण

एशिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने भनिएको भएपनि भारत र पाकिस्तानबीचको तनावले अहिले अन्योलता देखिएको छ । भारत पाकिस्तानमा खेल्न नजाने र पाकिस्तानी क्रिकेट बोर्डले अन्य देशमा आयोजना गर्न नदिने अडानका कारण अहिले एशिया कप अन्योलमा परेको हो ।

एसीसी प्रिमियर कप सकिएसँगै अब एशिया कपको समीकरण पनि पुरा भएको छ । जस अनुसार समुह ए मा भारत, पाकिस्तानसँगै नेपाल खेल्ने भएको छ भने समुह बि मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै