• २०८१ बैशाख ८ शनिबार

बारा- २ को प्रतिष्पर्धा रोचक बन्दै, कुशवाहले लगातार मतान्तर घटाउदै

kharibot

बारा । बारा–२ को उपनिर्वाचनमा जनमत पार्टीका शिवचन्द्र कुशवाहले जसपा अध्यक्ष उपेन्द्र यादवको अग्रतालाई घटाएका छन् ।

पछिल्लो अपडेट अनुसार जसपा अध्यक्ष यादवले २० हजार ४६३ मत प्राप्त गरेका छन् भने जनमतका कुशवाहले १७ हजार ७९८ मत प्राप्त गरेका छन् । यस अघि ३३ सय मतले अगाडी रहेका यादव अहिले २६ सय ६५ मतले अगाडी रहेका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार १२१ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २ हजार ४६६ मत प्राप्त गरेका छन् ।

त्यस्तै आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २१७७ मत प्राप्त गरेका छन् । 

बारा–२ मा ६ स्थानीय तहको ४४ वटा वडा रहेको र यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता रहेका थिए । जसमा ६८ हजार ८ सय ८७ मत खसेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै