• २०८१ बैशाख ७ शुक्रबार

धौलागिरी आधार शिविरमा समान पुर्‍याएर फर्कने क्रममा भरिया बेपत्ता

kharibot

पोखरा । धौलागिरी हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन् ।

धौलागिरी आधार शिविरवाट समान पुर्‍याएर फर्किने क्रम क्रममा भरीया अमृत राई बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका– १ नुथलाका २० वर्षीय राई हिमपातमा परी बेपत्ता भएको खबर प्राप्त भए पछि खोजी कार्य जारी राखिएको छ ।

धौलागिरी आधार शिविरमा समान पुर्‍याएर फर्किने क्रममा भारी हिमपात भएको र सो हिमपातमा परी राईको बेपत्ता भएको हुन सक्ने अनुमान ग छ ।

धौलागिरी हिमालमा हिउँपहिरो गएको र सोही हिउँ पहिरोमा परी उनी बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको छ । 

शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै