• २०८१ बैशाख ७ शुक्रबार

स्कटल्याण्डको दक्षिण तटमा अवस्थित आइल्याण्ड बिक्रीमा

kharibot

काठमाडौँ । स्कटल्याण्डको दक्षिण तटमा अवस्थित बार्लोक्को आइल्याण्ड बिक्रीमा रहेको छ ।

यस आइल्याण्डको खरिब मुल्य एक लाख ९० हजार डलर राखिएको छ ।

सिएनएनका अनुसार स्टकल्याण्डको यो निजी आइल्याण्डलाई बिक्रीमा राखेको यस आइल्याण्डको स्वामित्व रहेको गालब्रैथ ग्रुपका बिक्रि एजेन्ट एरोन एड्गरले जानकारी गराएका छन् । 

यो आइल्याण्ड लण्डन र एडिनबर्फ जस्ता शहरबाट एक घण्टाको बस यात्रामा पुग्न सकिने बताइएको छ । यस आइल्याण्डको नजिकको ट्रेन स्टेसन डमफ्राइज रहेको जानकारी दिइएको छ ।

यस आइल्याण्डको कुल क्षेत्रफल २५ एकड रहेको छ तर यस आइल्याण्डमा कुनै घर वा मानव निर्मित संरचना अहिलेसम्म छैनन् । अहिले यो आइल्याण्डमा हरियो घास र चट्टान रहेको छ ।

अहिलेसम्म कसैले यस आइल्याण्डमा घर बनाउन पहल नगरेको र अहिलेसम्म खरिदकर्ताहरुले पनि कुनै संरचना निर्माणको अनुसन्धान गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

एजेन्ट एडगरले आइल्याण्डमा हिडेर नै पुग्न सकिने वा ट्रयाक्टर अथवा क्वाड बाइकबाट जान सकिने बताएका छन् ।      
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै