• २०८१ बैशाख ७ शुक्रबार

एकीकृत समाजवादी महाधिवेस तयारीमा जुटेको झलनाथ खनालको भनाई

kharibot

जनकपुर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेसनको तयारीमा लागेको बताएका छन ।

जनकपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाएका छन् । 

‘हामी महाधिवेसन गर्ने दिशामा अघि बढदैछौं, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन्,’ खनालले सञ्चारकर्मीसँग भने, ‘तर, साझा सबालमा मिलेर जाने सबालमा हाम्रो पार्टी तयार छ ।’  पुर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुदाँ पनि पुर्णता पाउन नसकेकोमा चिन्ता ब्यक्त गरे । ‘अब नवौं पटकमा पुर्णता पाउला भन्ने अपेक्षा गरौं’ उनले भने ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै