• २०८१ बैशाख ७ शुक्रबार

पूर्वमन्त्री केसी र ज्योतिष खनाल सम्मानित

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रका ठूलो योगदान रहेको बताएका छन् ।

उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश  राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अदालतको फैसला कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण र  प्रेस स्वतन्त्रताको रक्षा गर्नु राष्ट्रिय दायित्व भएको उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रियता, संविधान र लोकतन्त्रको पक्षमा जनमत तयार गर्ने विषयमा सञ्चार क्षेत्रको प्रभावकारी भूमिका आवश्यक रहेको बताए ।

उनले भने, “संविधानले वाक स्वतन्त्रता र सूचनाको हकको पूर्ण प्रत्याभूति गरेको हुँदा प्रेस जगत्ले सही सूचना ढुक्क भएर दिन सक्नुपर्छ ।”

नेकपा (माले) का महासचिव सिपी मैनालीले राष्ट्रहित, जनता र समृद्धिका लागि निष्पक्ष भएर काम गर्न सञ्चार जगत्लाई सुझाव दिए । उनले भने, “आवाज  कमजोर भएका नागरिक र स्रोतसाधन नभएका सञ्चारगृहलाई हामीले बढी सहयोग गर्नुपर्छ ।” जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवले पत्रकारले निर्भिक भएर काम गर्र्ने वातावरण नभएपछि लोकतन्त्रको मापन कसरी सुदृढ हुनसक्छ भनी प्रश्न गरे ।

पूर्वमहान्यायाधिवक्ता महादेव यादव, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, दिशानिर्देश क्लबका संस्थापक जेपी गुप्तालगायत वक्ताले राष्ट्र र जनहितमा काम गर्ने क्रममा जति चुनौती आए पनि प्रेसले आफ्नो व्यावसायिक धर्म, नैतिकता, इमान्दारिता त्याग्न नहुुने बताए । उनिहरूले राज्यलाई जवाफदेही र सत्यलाई उजागर गर्ने कार्यमा नेपाली प्रेसले महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । 

सो अवसरमा राजनीति र ज्योतिष विधामा महत्वपूर्ण योगदान दिने पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसी र ज्योतिष लालमणि खनाललाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै