काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०-१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएको हो ।
निगमको यो निर्णयसँगै अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घट्दा १७५ रुपैयाँ कायम भएको छ ।
खाना पकाउने ग्याँसको मूल्य भने याथावत राखिएको निगमले जनाएको छ ।