• २०८१ बैशाख १४ शुक्रबार

लिड्समाथि आर्सनलको फराकिलो जित

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा गाब्रियल जिससले दुई गोल गरेका थिए भने बेन ह्वाइट र ग्रान्ट झाखाले एक एक गोल गरेका थिए ।

त्यस्तै रासमस क्रिस्टेनसेनले लिड्सका लागि एक गोल फर्काएका थिए ।

यो जितपछि शिर्ष स्थानमा रहेको आर्सनलको २९ खेलमा ७२ अंक भएको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ८ अंकले अगाडी भएको छ । यद्यपी सिटी एक खेल कम खेलेको छ ।

त्यस्तै लिड्स युनाइटेडको २८ खेलमा २६ अंक रहेको छ र १६औं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै