• २०८१ बैशाख ८ शनिबार

प्लेअफमा युएईको दोस्रो जित, क्यानडालाई हरायो

kharibot

काठमाडौँ । आइसीसी विश्वकप क्वालिफायरको प्लेअफ अन्तर्गत युएईले क्यानाडालाई ६ विकेटले पराजित गरेको छ ।

क्यानडाले दिएको २५५ रनको लक्ष्य पछाएको युएईले ४९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

युएईको जितमा कप्तान मुहमद वासीमले सर्बाधिक ८० रन बनाए भने आर्यन लार्काले ५३ रन बनाएका थिए । त्यस्तै रमीज शाहजादले अविजित ५३, व्रितिय अरविन्दले २५ र रोहन मुस्तफाले अविजित २० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले परगत सिंहको १०२ रन र निकोलस कृतनको ५० रनको मद्दतले ४८.५ ओभरमा अलआउट हुदै २५४ रन बनाएको थियो ।

यो जितपछि युएईको ३ खेलमा दुई जित र एक हारसहित  ४ अंक भएको छ । र अंकतालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै क्यानडाको पनि ३ खेलमा ४ अंक छ र रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै ६ वटै टिम ३-३ खेल खेल्दा चार देशको ४-४ अंक छ । नामिबिया रनरेटको आधारमा शिर्ष स्थानमा छ भने अमेरिका दोस्रो स्थानमा छ ।

त्यस्तै जर्सीले एक जितसहित २ अंक छ भने पीएनजीले सबै तीन खेल हारेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै