• २०८१ बैशाख १३ बिहीबार

समय सिमा तोकेर डेलिभरी केन्द्रित राजनीति अबको समय हो- डा. स्वर्णिम वाग्ले

kharibot

काठमाडौँ । तनहुँ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेले देश बनाउन ढिला भएकोले आफु यस महाभियानमा समाहित भएको बताएका छन् ।

रास्वपाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. वाग्लेले अब कुरेर, धैर्य गरेर नहुने बताउदै अब डेलिभरीको राजनीति गर्नुपर्ने बताए । अब समय सीमा तोकेर नै जनप्रतिनिधि छान्नु पर्ने बताउदै उनले आफु यसका लागि रास्वपामा आएको बताए । अब जेल बसेको भरमा राजनीति गर्न नहुने बताउदै डा. वाग्लेले अहिले डेलिभरीको राजनीति गर्न ढिला भइसकेको बताए ।

अहिले नेपाललाई छिटो बनाउनुपर्ने राजनीतिक इच्छाशक्ति नदेखिएको बताउदै डा. वाग्ले अन्तर्राष्ट्रिय शक्तिसन्तुलन मिलाएर छिटो डेलिभरीसहितको मिशन राजनीति गर्नुपर्ने बताए ।

अहिले लोकतन्त्रका आधारभूत मान्यतामा चुकिरहेको बताउदै डा. वाग्लेले पाँच पाँच बर्षमा कर्मकाण्डी रुपमा हुने चुनावलाई नै लोकतन्त्र भनेर भ्रम छरिएको बताए ।

अहिलेको चुनाव खर्चिलो भएको बताउदै टिकट र मन्त्रीको किनबेच भइरहेको बताउदै उनले रास्वपाले डेलिभरीको राजनीतिको अभ्यासको शुरुवात गरेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै