• २०८१ बैशाख ५ बुधबार

विश्वकप क्वालिफायरको प्लेअफमा नामिबियाको दोस्रो जित

kharibot

काठमाडौँ । आइसीसी विश्वकप क्वालिफायरको प्लेअफमा नामिबियाले दोस्रो जित हासिल गरेको छ ।

नामिबियाले विहिबार सम्पन्न खेलमा जर्सीलाई ८ विकेटले पराजित गरेको हो । जर्सीले दिएको २१४ रनको लक्ष्य पछाएको नामिबियाले ३२.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नामिबियालाई जिताउने क्रममा माइकल भान लिनगेनले अविजित ११० रन बनाएका थिए भने कप्तान गेर्हार्ड इरासमसले अविजित ८८ रन बनाएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको जर्सीले ५० ओभरमा ९ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।

यो जितपछि नामिबियाको ३ खेलमा २ जित र एक हारसहित ४ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै जर्सीले भने आफ्ना अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै