• २०८१ बैशाख १३ बिहीबार

नेइमारले अनलाइन खेलमा गुमाए एक मिलियन युरो !

kharibot

काठमाडौँ । हाल इन्जुरिका कारण मैदान बाहिर रहेका ब्राजिलका फरवार्ड नेइमारले अनलाइन खेलमा लाखौ रकम हारेको खुलासा भएको छ ।

डेलिमेलका अनुसार नेइमारले अनलाइन ग्याम्ब्लिंगमा एक मिलियन युरो हारेका छन् । उनले यो रकम एक घण्टामा गुमाएको मिडिया रिपोर्टमा उल्लेख छ । उनी ट्वीच (Twich) नामक प्लेटफर्ममा यो खेल खेलेका थिए ।

उनी एन्कल इन्जुरिका कारण यो सिजन फुटबल खेल्न नसक्ने भएका छन् ।

पिएसजीबाट प्रतिमहिना ३.६ मिलियन युरो कमाउने नेइमार प्राय अनलाइन खेल खेल्ने गरेको रिपोर्ट यसअघि पनि आइरहने गर्दथे ।

पैसा हारेपछि नेइमार शुरुमा रोएको जस्तो नाटक गरेको र पछि हासेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नेइमार नियमित रुपमा क्यासिनो पनि जाने गरेको र उनले पोकर खेल निकै मन पराउने बताइन्छ । उनले एक अन्तरर्वार्तामा फुटबलबाट रिटायर्ड भएपछि प्रोफेसनल पोकर खेल्ने समेत बताएका थिए ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै