• २०८१ बैशाख ६ बिहीबार

रोनाल्डो र मेसी कसको ह्याट्रिक कति छ ?

kharibot

काठमाडौँ । लियोनेल मेसीले राष्ट्रिय टिम अर्जेन्टिनाका लागि अर्को ह्याट्रिक गरेका छन् । बुधबार बिहान सम्पन्न कुराकाओविरुद्ध ह्याट्रिक गर्दै मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो गोल संख्या १०२ पुर्याएका छन् ।

यसैक्रममा यस रिपोर्टमा अहिलेसम्म धेरै ह्याट्रिक गर्ने खेलाडीको बारेमा चर्चा गर्दैछौं । फुटबल क्यारियरमा ह्याट्रिक गर्ने खेलाडीको रुपमा मेसी भन्दा क्रिस्टियानो रोनाल्डो अगाडी रहेका छन् ।

रोनाल्डोले अहिलेसम्म कुल ६२ ह्याट्रिक गरेका  छन् । यो अहिले खेलिरहने खेलाडीले गरेको सबैभन्दा बढी ह्याट्रिक हो ।

रोनाल्डोले पोर्चुगलबाट खेल्दै १० ह्याट्रिक गरेका छन् भने क्लब क्यारियरमा अहिलेसम्म ५२ ह्याट्रिक गरेका छन् । त्यस्तै रोनाल्डोको नाममा बढी उमेरमा ह्याट्रिक गरेको रेकर्ड रहेको छ । रोनाल्डोले ३३ बर्ष १३० दिनमा स्पेनविरुद्ध ह्याट्रिक गर्दै यो रेकर्ड बनाएका हुन् ।

त्यस्तै लियोनेल मेसीले अहिलेसम्म कुल ५७ ह्याट्रिक गरेका छन् जसमा अर्जेन्टिनाका लागि ९ ह्याट्रिक गरेका छन् ।

त्यस्तै ह्याट्रिक गर्ने अहिले खेलिरहेका खेलाडीको सूचीमा तेस्रो स्थानमा रोबेर्ट लेवानडोस्कीले २९ ह्याट्रिक गरेका छन् भने लुइस स्वरेजले पनि २९ ह्याट्रिक गरेका छन् ।

त्यस्तै म्यानचेस्टर सिटीबात खेल्ने नर्वेका इर्लिंग हल्याण्डले १८ ह्याट्रिक गरेका छन् भने जलाटन इब्राहिमोविचले १७, ह्यारी केनले १५ र किलीयन एम्बाप्पेले १४ ह्याट्रिक गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै