काठमाडौँ । लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो १००औ गोल गरेका छन् ।
मेसीले कुराकाओविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय क्यारियरको १००औ गोल गरेका हुन् ।
मेसीले १७४ खेल खेल्दै अर्जेन्टिनाका लागि १०० गोल गरेका छन् ।
कुराकाओविरुद्ध पहिलो हाफको खेल सकिदा अर्जेन्टिना ५-० ले अगाडी छ भने यस खेलमा मेसीले ह्याट्रिक गरिसकेका छन् । योसँगै मेसीको अन्तर्राष्ट्रिय गोल संख्या १०२ पुगेको छ ।
मेसीले अर्जेन्टिनाको सिनियर टिममा २००५ मा डेभ्यु गरेका थिए । हंगेरीविरुद्धको डेभ्यु खेलमा मैदानमा छिरेको केहि समयमै रातो कार्ड पाएर उनी मैदानबाट बाहिरिएका थिए । त्यसपछि २००६ मा क्रोसियाविरुद्धको खेलमा मेसीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।
मेसीले हालै क्लब र अन्तर्राष्ट्रिय गरेर आफ्नो ८०० गोलको आँकडा पार गरेका थिए ।
योसँगै अन्तर्राष्ट्रिय गोल संख्या सय कटाउने मेसी तेस्रो खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय खेलमा सबै भन्दा बढी गोल गर्ने रेकर्ड क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ । रोनाल्डोएल अहिलेसम्म १२२ गोल गरेका छन् ।
त्यस्तै इरानका अलि दाइले १०९ गोल गरेका छन् भने मेसीले अहिलेसम्म १०२ गोल गरेका छन् ।