• २०८१ बैशाख ६ बिहीबार

वित्तीय स्थायित्वमा जोखिम बढेको आईएमएफ प्रमुखको चेतावनी

kharibot

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको भन्दै बैंकिङ क्षेत्रमा पछिल्लो उथलपुथलपछि ‘सतर्कताको खाँचो’ मा जोड दिएकी छिन् । 

बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै युक्रेनमा जारी युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी आर्थिक वृद्धि दर ३.० प्रतिशतभन्दा तल झरेको अवस्थामा सन् २०२३ अर्को चुनौतीपूर्ण वर्ष हुने विश्वास अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशकले व्यक्त गरिन् । 

उनले चाइना डेभलपमेन्ट फोरममा भनिन्, “सन् २०२३ को मध्यावधिमा विश्व अर्थतन्त्रको अवस्था कमजोर रहने सम्भावना छ । अनिश्चितता असाधारण रूपमा उच्च छ । वित्तीय स्थायित्वमा जोखिम बढेको पनि स्पष्ट छ ।” 

सिलिकन भ्याली बैंकको पतन र प्रतिद्वन्द्वी यूबीएसले स्विस बैंक क्रेडिट सुइसलाई जबर्जस्ती अधिग्रहण गरेसँगै वित्तीय क्षेत्र धराशायी भएको देखिएको उनले भनिन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै