• २०८१ बैशाख ८ शनिबार

कुमारी बैंक र नेसनल प्याथ ल्याब काठमाडौँबीच सम्झौता

kharibot

काठमाडौँ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । 

उक्त सम्झौता–पत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन्(हाउस परीक्षणमा २० प्रतिशत र आउटसोर्स १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै