• २०८१ बैशाख १२ बुधबार

काँग्रेसले तनहुँ-१ बाट गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी

kharibot

काठमाडौं । नेपाली काँग्रेसले तनहुँ-१ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

शनिबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा भट्टराईलाई उम्मेदवार बनाउन सहमति बनेको हो ।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष भैसकेका भट्टराईले अहिलेसम्म चुनाव लडेका छैनन् ।

उनी काँग्रेसमा अवसर नपाएका नेताको रुपमा रहेका छन् । यस क्षेत्रबाट रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खालि भएको थियो । यस क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै