• २०८१ बैशाख ११ मंगलबार

मन्त्री नबन्ने भन्ने पूरानो वचनमा कायम छु- उपसभापति खड्का

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने भन्ने पूरानो वचनमा कायम रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति खड्काले आफू मन्त्री बन्दिनँ भन्ने ७ वर्ष पुरानो वचनमा अडिग रहेको बताएका हुन्  ।

उनले भने- 'देश दौडाहा गरेर सकेपछि ७ वर्षअघि मैले वचन दिएको थिएँ, अहिले पनि त्यही अडानमा छु । म धेरै मन्त्रालयको मन्त्री भइसकेँ, अब मन्त्रीभन्दा माथि भए अर्को कुरा हो, त्यो भगवान र जनताको जिम्मामा छ ।’

उनले कांग्रेसमा आफ्नै नेतृत्वमा सरकारमा जानेबारे समेत छलफल भइरहेको भने स्वीकार गरेका छन् । उनले भने- 'पार्टीभित्र छलफल नै नभएको होइन, विभिन्न कोणबाट छलफल भइरहेको छ, तर निर्णय भएको छैन । गठबन्धनको बैठक बसिरहेको छ । पार्टीमा पनि छलफल भइरहेको छ । अब दुई तीन दिनभित्रमा टुंगो लाग्छ । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै