• २०८१ बैशाख ११ मंगलबार

एयर इण्डिया र नेपाल एयरलाइन्सका विमान आकाशमा ठोक्किनबाट बचे, एटिसी प्रमुख निलम्बित

kharibot

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमा नजिक आएको विषयमा एयर ट्राफिक कन्ट्रोलर (एटीसी) प्रमुखलाई निलम्बन गरेको छ ।

गत शुक्रबार आकाशमा होल्ड भएको अवस्थामा एयर इण्डियाको विमान एक्कासी नेपाल एयरलाइन्सको विमानसँग नजिक आएको थियो ।

करिब १५ हजार फिट उचाईंमा दुवै विमान झन्डै ठोक्किने अवस्थामा पुगेको र एटीसीले तत्काल नेपाल एयरलाइन्सको विमानलाई तल झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो ।

एयर इन्डियाको विमान १९ हजारफिटबाट तल झरेपछि यो अवस्था आएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै