• २०८१ बैशाख ७ शुक्रबार

टियु क्रिकेट मैदानमा फ्लड लाइट जडानको प्रक्रिया शुरु हुदै

kharibot

गंगा दाहाल/फेसबुक

काठमाडौँ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र २ गते नेपालको युएईविरुद्ध खेल हेर्न मैदानमा पुगेपछि मैदानमा फ्लड लाइट जडान गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषदलाई दिएको निर्देशन अनुसार अहिले मैदानमा फ्लड लाइट जडान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नोट- यो समाचार प्रधानमन्त्रीको सचिवालयले सार्बजनिक गरे अनुसार प्रकाशित गरिएको हो । तर यो डिजाइन मात्र भएको र खेलकुद परिषदले फ्लड लाइट जडानको प्रक्रिया शुरु गरेको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट गरेकोले सोहि अनुसार बुझ्नु हुन आग्रह गर्दछौं । यस अघि अन्यथा भएकोमा क्षमाप्राथी छौँ । - सम्पादक 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै