• २०८१ बैशाख ८ शनिबार

राष्ट्रपतिलाई सल्लाहकार चाहिदैन- रघुजी पन्त

kharibot

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिलाई अर्को 'पावर सेन्टर' बनाउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै राष्ट्रपतिले सल्लाहकार राख्न नहुने बताएका छन् । कानुनमा सल्लाहकार राख्न दिने व्यवस्था भएपनि यो कानुनलाई संबिधान सम्बोधन गर्नुपर्ने पन्तले बताए ।

राष्ट्रपतिले सल्लाहकार नियुक्त गर्दा राष्ट्रपति कार्यालय अर्को पावर सेन्टर बन्न सक्नेप्रति उनले सचेत गराएका छन् ।

सांसद पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री हुने हुनाले अन्य सल्लाहकारको आवश्यकता नै नभएको बताउदै यसको पुनरावलोकन हुनुपर्ने बताए ।

साथै उनले नेपालमा उपराष्ट्रपतिको कुनै काम नभएको बताउदै कानुनमा संशोधन गरेर भारतको जस्तो व्यवस्था गर्नुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै