• २०८१ बैशाख ५ बुधबार

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

kharibot

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना  घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा  रहेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घाइते भएका मोहन्याल गाउँपालिका ५ कै २० वर्षीया निर्मला रोका मगर र ४० वर्षीया गौमती विकको सोही अस्पतालमा उपचार भइरहेको छ ।  से २ त २८५० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो ।  ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै