• २०८१ बैशाख ११ मंगलबार

आज प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

kharibot

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वस्थित संसद भवनमा बैठक बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई वटा विधेयकप्रस्तुत गर्ने तालिका रहेको छ ।

संघीय संसदको महासचिव भरतराज गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सरकारले संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन विधेयक यही चैत ५ गते संसदमा पेस गरेको थियो । प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पेस गरेकी थिइन् । 

यस्तै आजको बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यो विधेयक पनि चैत ५ गते प्रतिनिधिसभा बैठकमा पेस भएको थियो ।

यसैगरी आजको बैठकमा संविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यको रुपमा निर्वाचित विमलीको चैत ७ गते मंगलबार ७४ वर्षको उमेरमा निधन भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै