• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री थ्री नेसन्स कप: भुटानलाई लाओसले हरायो

kharibot

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल अन्तर्गत अहिले लाओसले भुटानलाई पराजित गरेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा लाओसले भुटानमाथि २-१ को गोल अन्तरको जित निकालेको हो ।

लाओसको जितमा बोउनफचान बोउनकोङले दुवै गोल गरेका थिए । उनले खेलको तेस्रो मिनेट र ७०औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै भुटानका लागि चेन्चो ग्याल्सेनले खेलको ३५औं मिनेटमा गोल गरेका थिए ।

योसँगै जारी प्रधानमन्त्री थ्री नेसन्स कपमा फाइनलमा पुग्ने टिमको टुंगो नेपाल र भुटानबीचको अन्तिम खेलबाट लाग्ने भएको छ ।

नेपाल र भुटानबीच आगामी मंगलबार खेल हुने तालिका रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन्, भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।  त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ । उक्त प्रतियोगितको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदान गर्ने आयोजक एन्फाले जनाएको छ । 

त्यस्तै उक्त प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ पाँच सय र भिआईपीतर्फ रु एक हजार मूल्य तोकिएको छ ।

यस प्रतियोगिताको लागि एक करोड ७५ लाख ६६ हजार चार सय ८० खर्च लाग्ने एन्फाले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै