• २०८१ बैशाख १४ शुक्रबार

जोनी बेयरस्टोले गुमाए आइपीएल

kharibot

काठमाडौँ । इङल्याण्डका ब्याट्सम्यान जोनी बेयरस्टोले इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाएका छन् । आइपिएल टिम पन्जाब किंग्समा रहेका बेयरस्टो इन्जुरिका कारण यस सिजन खेल्न नसक्ने भएका हुन् ।

बेयरस्टो नखेल्ने भएपछि पन्जाब किंग्सले बेयरस्टोको ठाउमा अष्ट्रेलियन अलराउण्डर म्याथ्यु शर्टलाई टोलीमा समावेश गरेको छ ।

शर्ट हालै सम्पन्न बिग ब्यास लिगका 'प्लेयर अफ द टुर्नामेन्ट' बनेका खेलाडी हुन् । उनले यस सिजनको बिग ब्यासमा एडिलेड स्ट्राइकर्सबाट खेल्दै ४५८ रन बनाएका थिए भने ११ विकेट समेत लिएका थिए ।

पञ्जाव किंग्समा यस सिजनमा इङल्याण्डकै अलराउन्डर साम करन रहेका छन् । उनलाई पञ्जावले अक्सनबाट १८ करोड ५० लाख भारुमा किनेको थियो । उनी बाहेक लियाम लिभिङस्टोन, कागिसो रबाडा नाथन एलिस, सिकन्दर राजा, भानुका राजपक्षे पनि पञ्जावबाट यस सिजनको आइपिएल खेल्दै छन् ।

पञ्जावको कप्तानी भने भारतीय खेलाडी शिखर धवनले गर्दैछन् । पञ्जावले आफ्नो पहिलो खेल अप्रिल १ मा कोलकोता नाइट राइडर्सविरुद्ध मोहालीस्थित घरेलु मैदानमा खेल्दै छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै