• २०८१ बैशाख १३ बिहीबार

डेट गर्दै सलेना गोमेज र जेन मलिक !

kharibot

काठमाडौँ । हलिउडकी चर्चित गायिका सेलेना गोमेज आफ्ना गीतका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन् । हालै, उनले पूर्व प्रेमी जस्टिन बिबरकी पत्नी हेली बिबरको समर्थनमा एक पोस्ट साझा गरेको विषय सामाजिक संजाल र मिडियामा भाइरल भएको थियो । 

अहिले फेरी उनी न्यूयोर्कको एक रेष्टुरेन्टमा गायक जेन मलिकसँग हात मिलाएर पुगेको देखिएपछि उनीहरुको अफेयरको चर्चा सुरु भएको छ । रेष्टुरेन्टमा दुवैलाई किस गरिरहेको अवस्थामा देखिएको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।

यसलाई हलिउड र संगीतको दुनियाँमा नयाँ जोडी भनिएको छ । सेलेना गोमेज र जेन मलिक डेटिङ अफवाहहरू न्यूयोर्क शहरमा सँगै देखिए पछि डेटिङ गरिरहेको चर्चा चलिरहेको छ । दुबैलाई हालै एक रेस्टुरेन्टमा डिनर डेटको मजा लिइरहेको देखिएपछि यसको चर्चा बढेको हो । 

यति मात्र होइन, जेन मलिकले केही फ्यानसँग फोटो खिचे, जसमा उनको काँधमा कालो रंगको झोला देखिएको थियो । ठ्याक्कै उस्तै झोला सेलेना गोमेजसँग पनि थियो । यो देखेर उनीहरुको डेटिङको खबर झनै चर्किएको छ ।

सेलेनाले हालै पूर्व प्रेमी जस्टिन बिबरकी पत्नी हेली बिबरको समर्थनमा एक पोस्ट सेयर गरेकी थिइन् । हेलीलाई सेलेनाका फ्यानबाट ज्यान मार्ने धम्की आइरहेको थियो, त्यसपछि हेलीले सेलेनासँग कुरा गरिन् । त्यसपछि सलेनाले पोस्ट सेयर गर्दै फ्यानहरूलाई त्यसो नगर्न अपील गरेकी थिइन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै