• २०८१ बैशाख १२ बुधबार

भक्तपुरमा औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

kharibot

भक्तपुर  । नयाँवर्ष २०८० सालको शुभ अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक दीपक थापाले मध्यपुर ब्वाइज व्याण्डकोे र भक्तपुर जिल्ला खेलकुद विकाश समिति भक्तपुरको सहयोगमा आगामी चैत्र २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने जनायो । 

आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको जनाए ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको आयोजना गरिने जनाइएको छ । यहाँ २०० भन्दा बढी स्टल रहने छन् । यहाँ मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरुको बिक्री वितरणका स्टलहरु हुने छ । 

कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छ । अटोमोवाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाइल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहने छन् । बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।  महोत्सवमा करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने र करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको छ । 

बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रियस्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहने छ । महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुने छ । 

प्रवेश शुल्क रु. ५० र ७० रहेको छ । विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको छ । महोत्सवमा भक्तपुर, काठमाडाैं, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले यसबाट लाभ लिने छन् । बैशाख ४ गते विषेश सांस्कृति कार्यक्रम हुने छ । टिकटको मुल्य रु. १५० र २०० हुने छ ।                                  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै