• २०८१ बैशाख १३ बिहीबार

फर्जी बन्यो ओटीटीमा अहिलेसम्म धेरै हेरिने वेभ सिरिज

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शाहिद कपूर र विजय सेतुपतिको वेब सिरिज फर्जीले ओटीटीमा नयाँ रेकर्ड बनाएको छ ।

फर्जीले ओटीटी प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने वेब सिरिज बनेको छ। समीक्षकबाट मिश्रित प्रतिक्रिया आए पनि यो सिरिजको क्रेज फ्यानमा भने कायमै छ । यही कारणले गर्दा फेब्रुअरी १० देखि फर्जीले ३ करोड ७० लाखभन्दा बढी दर्शक पूरा गरिसकेका छन् ।

ओरम्याक्स मिडियाले जारी गरेको सूची अनुसार शाहिद कपुरको फर्जी सबैभन्दा धेरै हेरिएको वेब सिरिजको सूचीमा शीर्ष स्थानमा छ । दोस्रो नम्बरमा अजय देवगनको वेब सिरिज रुद्र छ, जसको अहिलेसम्म ३५.२ मिलियन दर्शक छन् । तेस्रो नम्बरमा पंकज त्रिपाठी र अली फजलको वेब सिरिज मिर्जापुर सिजन २ रहेको छ, जसको अहिलेसम्म ३२.५ मिलियन दर्शक छन् । यस आँकडामा दोहोराएर सिरिज हेरेका दर्शकको संख्या जोडिएको छैन ।

फर्गी एक सडक कलाकारको कथा हो, जो प्रणाली र गरिबीबाट दिक्क भएर अपराधतिर लाग्छ र नक्कली मुद्रा बनाउन थाल्छ । विजय सेतुपतिले यस शृङ्खलामा प्रहरीको भूमिका निभाइरहेका छन्, जसले नक्कली गिरोहलाई पछ्याउँछन् । शृङ्खलामा प्रत्येक ३०-४० मिनेटका आठ भाग छन्, जसलाई शूट गर्न लगभग आठ हप्ता लागेको थियो । यो वेब सिरिज अमेजन प्राइममा स्ट्रिम भइरहेको छ ।

शाहिद र विजय बाहेक फर्जीमा राशि खन्ना, के के मेनन, जाकिर हुसैन, भुवन अरोरा, अमोल पालकर र कुब्ब्रा सैतको पनि मुख्य भूमिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै