• २०८१ बैशाख ७ शुक्रबार

टिकटक बारे अमेरिका र चीन आमने सामने, किन हुदैछ विवाद ?

kharibot

काठमाडौँ । अहिले टिकटकलाई लिएर अमेरिका र चीन आमने सामने भएका छन् । अमेरिकी संसदीय समितिले टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)   शौ जी च्यूको बयान लिएको छ । अमेरिकाले यो एपमाथि प्रतिबन्ध लगाएसँगै अमेरिकी संसदमा अमेरिकामा टिकटकको डाटा सुरक्षा र यसको गोपनीयतालाई लिएर प्रश्न सोधिएको छ । यसबाहेक अमेरिकी संसदमा सीइओ च्यूको चिनियाँ सरकारसँगको सम्बन्धको विषयमा समेत प्रश्न उठाइएको छ ।

समितिमा सिइओ च्यूले आफ्ना छोराछोरीलाई टिकटकबाट टाढा राखेको विषय उठाइएको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार, च्यूसँग पनि सीमित निर्णय गर्ने क्षमता छ । जबकि सबै अधिकारीहरू बाइटडान्सका संस्थापक झाङ यिमिङसँग छन् । ४१ वर्षीय च्यू सिङ्गापुर निवासी हुन् । तर यस्तो बेला टिकटकको चिनियाँ सरकारसँगको घनिष्ट सम्बन्ध बाहिर आएपछि कम्पनीले च्यूलाई अगाडी सारेको हो । च्यूले चिनियाँ भाषाको विद्यालयमा पढेका थिए र अङ्ग्रेजीका अतिरिक्त मन्डारिन भाषामा पनि जानेका छन् ।

अमेरिकी संसदीय समितिमा बयान दिदै टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शौ जी च्यू  ।


 

उनी सिङ्गापुर आर्मीमा उच्च पदस्थ अधिकारी भइसकेका थिए र उनलाई उच्च सम्मान थियो । उनले युनिभर्सिटी कलेज लन्डनबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । यसबाहेक उनले हार्वर्ड बिजनेस स्कुलबाट एमबीए पनि गरेका छन् । फेसबुकसँग छोटो कार्यकाल पछि, उनी लगानी फर्म डीएसटीमा आबद्ध भए । टिकटक कुनै पनि हिसाबले अमेरिकी सुरक्षाका लागि खतरा नभएको च्यूले अमेरिकी संसदीय समितिमा बताएका छन् ।

उनलाई अमेरिकी कंग्रेसले चार घण्टासम्म सोधपुछ गरेको थियो । चाहे डेमोक्र्याट होस् वा रिपब्लिकन, च्युलाई सबै प्रकारका प्रश्नहरू सोधिएको थियो । कांग्रेसकी डेमोक्रेट सांसद एनेट ब्यारागनले उनलाई उनका बच्चाहरूले टिकटक प्रयोग गर्छन् ? भनेर सोधेकी थिइन् । च्यूले आफ्नो प्रश्नको जवाफ यसरी दिए- 'मेरा बच्चाहरूले यसलाई प्रयोग गर्दैनन् किनभने तिनीहरू सिंगापुरमा छन् र १३ वर्ष मुनिका बच्चाहरूलाई त्यहाँ टिकटक चलाउन अनुमति छैन ।'

च्यूले यो उल्लेख गर्न बिर्सिएनन् की त्यहाँ बच्चाहरूको लागि एपको विशेष संस्करण छ जुन अमेरिकामा उपलब्ध छ । कम्पनीको ‘प्रोजेक्ट टेक्सास’ नीति अन्तर्गत अमेरिकामा रहेका सबै प्रकारका डाटा अमेरिकी कम्पनी ओराकलको निगरानीमा राखिएको पनि उनले बताए । टिकटकले अमेरिकामा लबिङका लागि करोडौं डलर खर्च गरिरहेको छ ।

च्यूलाई अमेरिकी कंग्रेसमा टिकटकले कसरी पैसा कमाउछ भनेर पनि सोधिएको थियो । च्यूले अमेरिकी कांग्रेसले भने, कम्पनीसँग सामग्री स्क्रीनिंगको कुनै नीति छैन । कांग्रेसका एक सदस्यले टिकटक र च्यूका कारण रिपब्लिकन र डेमोक्र्याट एकजुट भएको बताएका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियो राष्ट्रिय सुरक्षाका लागि खतरा भएको वा चिनियाँ सरकारसँग उनको कुनै सम्बन्ध छ भन्ने कुरालाई चुले स्पष्ट रूपमा अस्वीकार गरे ।

यसैबीच अमेरिकी संसदीय समितिले टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई सोधपुछ गरेपछि चीनले अमेरिकालाई टिकटकमाथि जबरजस्ती कब्जा गर्न खोजेको आरोप लगाएको छ ।

चीनले बाइडेन प्रशासनले टिकटकलाई आफ्नो शेयर बेच्न वा प्रतिबन्ध झेल्न बाध्य पार्न खोजेको आरोप लगाएको हो ।

टिकटकको लागि अमेरिका एक महत्वपूर्ण बजार मानिन्छ । चिनियाँ बाणिज्य मन्त्रालयले टिकटकलाई अमेरिकामा जबर्जस्ती बेच्नुपर्ने अवस्था आएमा यसले टिकटकका ग्लोबल लगानीकर्तालाई ठुलो धक्का लाग्ने बताएको छ । साथै मन्त्रालयले यस अवस्थाको कम्पनिले विरोध र सामना गर्ने बताएको छ । यस बारेको कुनै पनि डिलमा चिनियाँ सरकारको स्वीकृति आवश्यक रहेको समेत मन्त्रालयका प्रवक्ता शु जुएटिंगले बताएका छन् ।

टिकटकको बजार

अहिले विश्वमा सबैभन्दा बढी टिकटकका प्रयोगकर्ता अमेरिकामा रहेका छन् । एकआँकडा अनुसार अमेरिकामा ११३.३ मिलियन प्रयोगकर्ताले टिकटक चलाउछन् । त्यसपछि इन्डोनेसियामा १०९.९ मिलियन प्रयोगकर्ता रहेका छन् भने तेस्रोमा ब्राजिल रहेको छ । ब्राजिलमा ८२.२ मिलियन प्रयोगकर्ता रहेका छन् भने त्यसपछि मेक्सिकोमा ५७.५ मिलियन प्रयोगकर्ता रहेका छन् ।

ओबेर्लोको रिपोर्ट अनुसार रुसमा ५४.८६ मिलियन, भियतनाममा ४९.८६ मिलियन, फिलिपिन्समा ४३.४३ मिलियन, थाइल्याण्डमा ४०.२८ मिलियन प्रयोगकर्ता रहेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै