• २०८१ बैशाख १२ बुधबार

के थ्री इडियट्सको सिक्वेल आउदैछ ?

kharibot

काठमाडौँ । बलिवुडको सुपरहिट फिल्म थ्री इडियट्सको सिक्वेल आउने भएको छ । एक फरक अन्दाजमा अभिनेत्री करीना कपुरले यस बारेमा जानकारी दिएकी हुन् ।

आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एक भिडियो शेयर गरेर करीनाले यो खबर दिएकी छन् । उनले यो भिडियोमा ‘थ्री इडियट्स’ को सिक्वेलको पुष्टि गरेकी छन् । 

राजकुमार हिरानीले निर्देशन गरेको फिल्म ‘थ्री इडियट्स’ बलिउडको सबैभन्दा प्रतिष्ठित फिल्म मध्ये एक हो ।

यस फिल्ममा आमिर खान, आर माधवन र शरमन जोशीले गजबको अभिनय गरेका थिए भने यी तीनजनासँगै करिना कपूर र बोमन इरानी पनि मुख्य भूमिका पनि प्रमुख रहेको थियो 

करीना आमिर खान, शरमन जोशी र आर माधवनको प्रेस सम्मेलनको बारेमा कुरा गरिरहेको देखिएकी छिन् । भिडियोमा पत्रकार सम्मेलनमा बसेका तीनै कलाकारको तस्बिरमा ‘थ्री इडियट्स’ लेखिएको छ ।

करीना भन्छिन्, ‘उनी छुट्टीमा हुँदा यी तीनै जनाले पत्रकार सम्मेलन गरेका थिए । भाइरल भइरहेको पत्रकार सम्मेलनको भिडियो यी तीनले हामी सबैबाट लुकाएर गोप्य राखे । केहि गडबड छ, र कृपया यो शर्मनको फिल्मको प्रचारको लागी हो भनेर नभन्नुहोस् । यी मानिसहरू सिक्वेलको बारेमा योजना गरिरहेका छन् । तर म बिना कसरी ?'

त्यस्तै करीनाले अगाडी भनेकी छन्- 'अहिले बोमनलाई फोन गर्छु र के भइरहेको छ ? तीनै पक्कै सिक्वेल ल्याउनेछन् । भिडियो सेयर गर्दै करीनाले क्याप्सनमा लेखेकी छन्, ‘मलाई विश्वास लाग्दैन कि उनीहरूले म बिना यस्तो केही गर्न सक्छन् ? बोमन इरानी, ​​तिमीबाट पनि लुकाइएको छ ?'

थ्री इडियट्स सन् २००९ मा रिलिज भएको थियो । विधु विनोद चोपडाले ५५ करोडमा निर्माण गरेको यो फिल्मले बक्स अफिसमा ४०० करोड कलेक्सन गरेको थियो । फिल्ममा आमिर र करिनाको जोडीलाई निकै रुचाइएको थियो । अब थ्री इडियट्सको सिक्वेल आउने खबरसँगै फ्यानहरू आमिर, आर माधवन, शरमन र करीनालाई एकपटक फेरि एकसाथ हेर्न उत्साहित भएका छन् ।

तर निर्माण पक्षले यसको औपचारिक घोषणा वा पुष्टि भने अझै गरेका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै