• २०८१ बैशाख १४ शुक्रबार

बेलायतका राजा चार्ल्सको फ्रान्स भ्रमण स्थगित

kharibot

काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयको पहिलो विदेश भ्रमण रद्ध भएको छ । राजा भएपछि आइतबार आफ्नो पहिलो विदेश भ्रमणको रुपमा फ्रान्स जान लागेका चार्ल्स तृतीयको भ्रमण स्थगित भएको बिबिसीले जनाएको छ ।

फ्रान्समा राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सार्नुभएको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन चर्किएपछि चार्ल्सको भ्रमण स्थगित भएको बताइएको छ । 

चार्ल्सले फ्रान्सको पेरिस र बोर्डेएक्स शहर भ्रमण गर्ने तालिका रहेपनि दुवै शहरमा सरकारविरुद्धको प्रदर्शन चर्किएपछि भ्रमण रोकिएको हो ।   

अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिएभने आगामी साता बेलायतका राजा चाल्र्स तृतीयको भ्रमणको समय पारेर राष्ट्रव्यापी हडताल र विरोध प्रदर्शनका निम्ति आह्वान भएको थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै