• २०८१ बैशाख १३ बिहीबार

बलिवुडका चर्चित निर्देशक एवम लेखक प्रदीप सरकारको निधन

kharibot

काठमाडौँ । बलिवुडका चर्चित निर्देशक एवम लेखक प्रदीप सरकारको निधन भएको छ ।

परिणीता र मर्दानी जस्ता चलचित्र निर्देशन गरेका प्रदीप सरकारको शुक्रबार मुम्बईमा निधन भएको हो ।

६७ वर्षीय प्रदीप सरकार लामो समयदेखि मृगौला रोगसँग लडिरहेका थिए । उनी डायलासिस गराइरहेका थिए । परिणीता र मर्दानी बाहेक, प्रदीप सरकारले लफंगे परिन्दे, लगा चुनरी मे दाग, डब्बा गुल र हेलिकप्टर ईला जस्ता फिल्महरू निर्देशन गरेका थिए । यसबाहेक उनले कोल्ड लस्सी र चिकन मसाला, एरेन्ज्ड म्यारिज, फोर्बिडन लभ, दुरंगा जस्ता वेब सिरिज पनि बनाएका छन् । निर्देशन गर्नुअघि उनी विज्ञापन फिल्म लेख्ने गर्दथे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै