• २०८१ बैशाख ८ शनिबार

युरोकप छनौटमा पोर्चुगलको विजयी शुरुवात, रोनाल्डोले गरे दुई गोल

kharibot

काठमाडौँ । पोर्चुगलले युरोकपको छनौट अन्तर्गत विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले लिएचटेनस्टेइनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको गोलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने जोआओ क्यान्सेलो र बेर्नान्डो सिल्भाले एक एक गोल गरेका थिए ।

यो जितसँगै पोर्चुगलले युरोकप छनौटको समुह जे मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

साथै यस खेलमा खेलेसँगै रोनाल्डोले नयाँ रेकर्ड आफ्नो नाममा लेखाएका छन् । रोनाल्डो विश्वमै सबैभन्दा अबधि अन्तर्राष्टिय खेल खेल्ने खेलाडी बनेका छन् । उनले १९७ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यसअघि रोनाल्डो कुवेतका बादेर अल मुतावासँगै १९६ अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

साथै विश्वमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने रेकर्ड पनि रोनाल्डोकै नाममा रहेको छ । रोनाल्डोले अहिलेसम्म १९७ खेलमा १२० अन्तर्राष्टिय गोल गरेका छन् ।

युरोकप छनौट अन्तर्गत पोर्चुगलले अब मार्च २७ मा लक्जेम्बर्गसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै