• २०८१ बैशाख ८ शनिबार

एसीसी प्रिमियर कपको तालिका सार्बजनिक, नेपाल समुह ए मा

kharibot

काठमाडौँ । एसियन क्रिकेट काउन्सिलले एसीसी पुरुष प्रिमियर कपको ड्र सार्बजनिक गरेको छ ।

विहिबार सार्बजनिक भएको ड्र मा आयोजक नेपाल समूह 'ए' मा परेको छ । नेपालले लिग चरणमा मलेसिया, साउदी अरेबिया, कतार र ओमानको सामना गर्नेछन् ।

आगामी वैशाख ५ (अप्रिल १८) देखि बैशाख १८ (मे १) सम्म हुने प्रतियोगिताका खेल टीयू  क्रिकेट मैदान र मूलपानी स्टेडियममा हुनेछन् । नेपालले उद्घाटन खेलमा मलेसियाको सामना गर्नेछ । 

कुल १० टिमको सहभागिता रहेको प्रतियोगिताको समूह 'बी' मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ ।

यस प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसीसीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै