• २०८१ बैशाख १३ बिहीबार

मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

kharibot

बुटवल । मनाङ मर्स्याङ्दी क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

मनाङको जितमा प्रशन्न श्रेष्ठ र चेतनकुमार थारुले एक एक गोल गरेका थिए भने नेपाल पुलिसका लागि एक गोल बुद्ध तामाङले गरेका थिए । 

योसँगै तिलोत्तमा गोल्डकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । अब पहिलो सेमिफाइनलमा बुधबार थ्री स्टार क्लब र सुदूरपश्चिम ११ भिड्ने छन् भने विहिबार दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् ।

प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै