• २०८१ बैशाख ८ शनिबार

९२ वर्षका मिडिया मुगुल रुपर्ट मर्डोकले विवाह गर्दै

kharibot

काठमाडौँ । मिडिया मुगुल भनेर चिनिने रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा विवाह गर्ने भएका छन् । अर्बपति व्यापारीले ६६ बर्षिय पूर्व प्रहरी एन लेस्ली स्मिथसँग आफ्नो इन्गेजमेन्टको घोषणा गरेका छन् ।

गत वर्ष सेप्टेम्बरमा क्यालिफोर्नियामा एक कार्यक्रममा यी दुईको भेट भएको थियो । मर्डोक र स्मिथले यस वर्षको गर्मीको अन्त्यमा विवाह गर्ने भएका छन् । मर्डोक आफ्नी चौथी श्रीमती जेरी हलसँग गत वर्ष मात्रै अलग भएका थिए ।

अर्बपति मिडिया टाइकुन, ९२ वर्षीय रुपर्ट मर्डोक गत वर्ष आफ्नी चौथी श्रीमतीबाट अलग भएका थिए । मर्डोकले आफ्नो एउटा मिडिया च्यानल न्यूयोर्क पोस्टलाई भने- 'म प्रेममा पर्न डराउँछु, तर मलाई थाहा थियो कि यो मेरो अन्तिम हुनेछ । यो राम्रो हुनेछ । म खुसी छु।'

मर्डोक आफ्नो पहिलो तीन श्रीमतीबाट छ सन्तानका पिता हुन् र उनी एक दिग्गज मिडिया व्यवसायीको रूपमा विश्वभर चिनिन्छन् ।

रुपर्ट मर्डोकले यसअघि पनि चार पटक विवाह गरिसकेका छन् । मर्डोकका पहिलो तीन श्रीमतीबाट ६ सन्तान छन् । मर्डोकको व्यापार साम्राज्यमा अमेरिकाको फक्स न्यूज र बेलायतको ट्याब्लोइड द सन जस्ता प्रकाशन गृहहरू समावेश छन् । मर्डोकसँगको विवाहको बारेमा ६६ वर्षीय स्मिथले भनिन्- 'म १४ वर्षकी विधवा हुँ ।' रूपर्ट जस्तै, मेरो श्रीमान् एक व्यापारी थिए, त्यसैले म रूपर्टको भाषा बोल्छु ।'

मुर्डोकले यसअघि अस्ट्रेलियन फ्लाइट एटेन्डेन्ट पाट्रीसिया बूकर, स्कटल्याण्डमा जन्मिएकी पत्रकार अन्ना मन, चिनियाँ उद्यमी वेंडी डेंगसंग विवाह गरेका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै