• २०८१ बैशाख १३ बिहीबार

विश्वकप क्वालिफायरको प्लेअफ खेलका तालिका सार्बजनिक

kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले विश्वकप क्वालिफायरको प्लेअफको खेल तालिका सार्बजनिक गरेको छ ।

विश्वकप क्वालिफायरको प्लेअफमा ६ देश देख्दै छन्, जसबाट शिर्ष दुई देश विश्वकप क्वालिफायरमा छनौट हुने छन् ।

प्लेअफ खेल्ने देशमा आइसीसी विश्वकप लिग-२ का पुछारमा रहेका ४ देशर एसोसियट्स देशको च्यालेन्ज लिगका शिर्ष दुई देश गरी ६ देशले खेल्ने भएका छन् ।

जसमा लिग-२ को पुछारमा रहेका चार देशमा नामिबिया, पीएनजी, युएई र अमेरिका रहेका छन् भने च्यालेन्ज लिगका शिर्ष दुई देशमा क्यानाडा र जर्सी रहेका छन् ।

आइसीसीले सार्बजनिक गरेको खेल तालिका अनुसार प्लेअफका खेल मार्च २६ देखि नामिबियामा शुरु हुने छन् भने प्लेअफका खेल अप्रिल ५ सम्म हुने छन् ।

यस प्लेअफका शिर्ष दुई स्थानमा रहने देश विश्वकप क्वालिफायरमा छनौट हुने छन् । अहिलेसम्म विश्वकप क्वालिफायरमा स्कटल्याण्ड, ओमान र नेपाल छनौट भइसकेका छन् । त्यस्तै विश्वकप क्वालिफायरमा खेल्ने ५ देशमा सुपर लिगको पुछारमा रहेका पाँच देश रहेका छन् । जसमा जिम्बाबे र नेदरल्याण्डस विश्वकप क्वालिफायर खेल्ने निश्चित भएको छ भने अब तीन देशको टुंगो लाग्न बाँकी रहेको छ ।

विश्वकप क्वालैफायरका खेलहरु आगामी जुलाईमा जिम्बाबेमा हुने भएका छन् ।           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै